धादिङ,२६ असोज ।
आज बाट चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान पछी चुनावी गर्मि बढेको हो । अहिलेको चुनाव विभिन्न कारणले रोचक बनेको छ । अप्रत्यासित रुपमा कतिपयको उम्मेद्वारी खारेज भएको छ भने कतिले फिर्ता लिएका छन । कतिपय ठाउँमा पार्टीका बलिया उम्मेदवारहरुले कमजोर स्वतन्त्रलाइ समर्थन गरेका छन ।
त्यस्तै काठमाण्डौ ७ मा पनि चुनावी प्रतिष्पर्धा रोचक बनेको छ । यहाँ एमबिए इन्जिनियर किरण केसी र अस्मिता सिंह यमी भट्टराइ बीच मुख्य प्रतिष्पर्धा हुनेछ । किरण केसी स्वतन्त्र हुन भने मानुषी यमी गठबन्धनको समर्थन सहित माओबादी बाट उठेकी हुन । किरण केसीले २ महिना अघि देखि नै काठमान्डौ ७ मा चुनावी अभियान थालेका थिए ।
काठमान्डौ ७ मा तारकेश्वर नपा , नागार्जुन नपा र काठमान्डौ मनपाका केहि वडा पर्छन । कुल १० वडा यस क्षेत्रमा रहेका छन । किरण केसी बसन्तनगर माछापोखरीका स्थानीय बासिन्दा हुन । संसदीय राजनीतिमा दुबैको पहिलो चुनाव हो ।
अस्मिता सिंह मानुषीको उमेर ३८ छ भने किरण केसीको उमेर २८ छ । यस क्षेत्रमा डमी उम्मेद्वारहरु धेरै छन । यहाँ सरकारी गठबन्धन बाहेक सबै दल एक्लै एक्लै लड्दै छन । किरण केसी क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |