धादिङ,२८ असोज।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहिबार भएको पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै जीत हासिल गरेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गर्नुभएको थियो ।
खेलको ३९औँ मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टिमार्फत गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो ।
खेलको पहिलो हाफमा मधेस प्रदेशले बागमतीलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो । पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो। प्रतियोगिता अन्तर्गत आज लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदूरपश्चिमबीच दोस्रो खेल हुने जनाइएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |