Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

९ घण्टा अघि
२

फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

१ दिन अघि
३

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

२ दिन अघि
४

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

२ दिन अघि
५

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

२ दिन अघि
६

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

२ दिन अघि
७

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

३ दिन अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ दिन अघि
९

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

४ दिन अघि
१०

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

४ दिन अघि
११

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ दिन अघि
१२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ महिना अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

३ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

५ दिन अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ दिन अघि
५

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

३ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

१ हफ्ता अघि

घनेन्द्र ओझाकाे ‘शुभेच्छा’मा चार पुस्ताको स्वर

  • Default Profile
  • बागमती कलम
  • ४१५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २, बुधबार (३ साल अघि)
घनेन्द्र ओझाकाे ‘शुभेच्छा’मा चार पुस्ताको स्वर

नेपाली गजल लेखन परम्पराले सवा सय वर्षको यात्रा पार गरिसकेको छ । युवाकवि मोतीराम भट्टले हिन्दी साहित्य परम्पराबाट नेपाली साहित्यमा भित्र्याएको गजलले यसबीचमा अनेक प्रयोगका आरोह-अवरोह पनि पार गरेको छ । विक्रमको २०६० को दशकयता भने नेपाली गजलले शास्त्रीयता र परिष्कारको बाटो समातेको छ ।

यसै क्रममा बीचमा हुँडलिएको र छिरलिएको नेपाली गजललाई परिष्कृत बनाउन अनाममण्डलीलगायतका संस्थाले सङ्गठित प्रयास गरेका पाइन्छ । त्यही क्रममा अनाममण्डलीका स्रष्टाहरूले गजलमा शास्त्रीयताको खोजी गर्न थालेपछि नेपाली गजललेखन र गायनमा व्यापकता आएको देखिन्छ ।

नेपाली गजलमा शास्त्रीयताको खोजी र परिष्कारकै क्रममा अनाममण्डलीका संस्थापक महासचिवसमेत रहेका घनेन्द्र ओझाले लेखेका बहरबद्ध गजलहरूको एल्बम ‘शुभेच्छा’ बजारमा ल्याएका छन् ।

‘शुभेच्छा’मा ५ वटा बहरबद्ध गजल समेटिएका छन् । नेपाली गजलमा विक्रमको २०६० को दशकदेखि बहरमा गजल लेखनले तीव्रता पाएसँगै सोही क्रममा लेखिएका गजलहरू यस एल्बममा समेटिएको ओझाले बताएका छन् । ‘जब हामीले अनाममण्डलीमार्फत गजलमा शास्त्रीयताको खोजी र बहरमा लेखन अभ्यास थाल्यौँ, त्यही क्रममा सिर्जना गरिएका गजलहरू यस एल्बममा समेटिएमा हुन्’, ओझाले भने ।

४ पुस्ताको स्वर एउटै एल्बममा

विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत रहेको एल्बममा नेपाली गायन क्षेत्रका ४ पुस्तालाई समेटिएको सङ्गीतकार श्रेष्ठको भनाइ छ । उनका अनुसार अघिल्लो पुस्ताबाट गायिका ज्ञानु राणा, त्यसपछि आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, सन्तोष श्रेष्ठ र निशा देशार तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीले एल्बममा स्वर दिएका छन् ।

समावेशी स्वरहरू

‘शुभेच्छा’ एल्बमलाई समावेशी बनाइएको पाइन्छ । पुस्ता (उमेर)का आधारमा मात्र नभएर लैङ्गिक हिसाबले पनि एल्बम समावेशी बनेको छ । यस एल्बममा ६ जनाले स्वर दिएका छन् । ६ जनामा महिला र पुरुषको आधा/आधा सङ्ख्या छ ।

बहरबद्ध गजलको पहिलो एल्बम

‘शुभेच्छा’ नेपाली गजल गायनका क्षेत्रमा एउटा ऐतिहासिक एल्बमका रूपमा आएको छ । यो बहरबद्ध गजलहरूको पहिलो एल्बम बन्न सफल भएको छ । उसो त घनेन्द्र ओझाले बहरबद्ध गजलहरूको पहिलो सङ्ग्रह ‘बल्झेर याद तिम्रो, २०६२’ पनि प्रकाशन गरिसकेका छन् भने पहिलो बहरबद्ध संयुक्त गजलकृति ‘बहरमाला, २०६३’ र दोस्रो ‘गजलमाला, २०६६’को सम्पादनसमेत गरिसकेका छन् ।

यस एल्बममा समावेश गजलहरू सोही गजलकृति ‘बल्झेर याद तिम्रो’बाट लिइएको सङ्गीतकार श्रेष्ठले बताए । उनले नेपाली गजल लेखनको सवा सय वर्षको इतिहासमा गजलको खास मान्यता अर्थात् बहरमा लेखिएका गजलहरूको एल्बम बजारमा नदेखिएकाले आफूले यो काम गर्न रुचि देखाएको बताए ।

‘नेपाली गजल लेखनमा अन्योल र विवादमा रहिरहेको पाएँ । यसबीच गजल गायनमा पनि दुविधाहरू देखिए । एउटा प्रयोगकै रूपमा भए पनि यो काम गरौँ भन्ने लागेर अघि बढियो’, श्रेष्ठले भने ।

शुभेच्छाभित्रका गजलहरूमा ‘परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ’ सन्तोष श्रेष्ठ र निशा देशारले, ”थिएँ शान्त व्यर्थै चलाएर भाग्यौ’ ज्ञानु राणाले, ‘उठाऊ लाजको घुम्टो, बढाऊ हात मायाको’ आनन्द कार्कीले, ‘झर्दै छ अश्रुधारा, सम्हाल भन्छु प्यारी’ शिव परियारले र ‘फेरि साथ मेरै माग्दै नआउनू’ अस्मिता अधिकारीले गाएका छन् ।

एल्बमका गजलहरू पूरै बहरमा लेखिएमा छन् । परिष्कृत बहरमा लेखिएका गजलहरूमा लयको पूर्ण पालना गरिएको छ । बहर स्वयंमा परिष्कृत लयसमेत भएकाले बहरबद्ध गजलहरूमा सङ्गीत गर्न निकै सहज हुने सङ्गीतकार श्रेष्ठको अनुभव । ‘तर, शास्त्रीय सङ्गीत निकट हुन्छ गजल । यस कारण गजलको शास्त्रीय गायनको पक्षलाई पनि ध्यान दिँदै बहरका नियमलाई भङ्ग नगरी सङ्गीत संयोजन गर्नु सामान्य काम पनि होइनरहेछ’, श्रेष्ठले अनुभव सुनाए ।

यसभित्रका ‘परे म मर्छु…’ बहरे हजज मुसम्मन मक्बुज (छन्द: पञ्चचामर)मा, ‘थिएँ शान्त व्यर्थै…’ बहरे मुतकारिब मुसम्मन सालिम (छन्द: भुजङ्गप्रयात्)मा, ‘उठाऊ लाजको घुम्टो…’ बहरे हजज मुसम्मन सालिम (छन्द: विधाता)मा, ‘झर्दै छ अश्रुधारा…’ बहरे मुजारे (छन्द: दिक्पाल)मा र ‘फेरि साथ मेरै…’ बहरे हजज अस्तरमा रचना गरिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • gaja-gajuri-pakrau

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

  • police-dhd

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

  • 5e065de6-bb1c-4e62-bc4d-077012b7a612

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

  • Cyber-crime-a-1749423806790_d

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

  • समाचार
  • १

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)
    ९ घण्टा अघि

  • २

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ
    १ दिन अघि

  • ३

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    २ दिन अघि

  • ४

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    २ दिन अघि

  • ५

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    २ दिन अघि

  • ६

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    २ दिन अघि

  • ७

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    ३ दिन अघि

  • ८

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    ४ दिन अघि

  • ९

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ४ दिन अघि

  • १०

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution