

धादिङ,२६ माघ ।
धादिङबेशीमा सप्ताहव्यापी पि.पि.आर खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको आयोजनामा ‘पि.पि.आर खोप लगाऔँ,भेडाबाख्राको हैजा भगाऔँ’ भन्ने मूल नारासहित भेडाबाख्राहरुमा लाग्ने महामारी रोग पि.पि.आर रोकथाम तथा न्युनिकरणका लागि स्थानिय तहका पशुशाखा प्राबिधिक र भ्याक्सिनेटरहरुसँग अन्तरक्रिया गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बिभिन्न स्थानिय तहको पशु शाखाका फोकल प्राबिधिक प्राबिधिकहरु ६० जना भ्याक्सिनेटरहरुको उपस्थिती रहेको थियो । बार्षिक कार्यक्रम अन्तरगत धादिङमा आगामी फागुन १ गतेदेखी ७ गतेसम्म पि.पि.आर रोग बिरुद्ध सप्ताहव्यापी खोप अभियान कार्यक्रम सञ्चालन हुने डा.सिलवालले बताउनुभयो ।
पिपिआर भाइरसको सङ्क्रमणबाट भेडा बाख्रामा लाग्ने एक प्रकार सङ्क्रामक रोग हो यो । यो रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्ने गर्दछन् ।
यो रोगी जनावरसंगको प्रत्यक्ष लसपस भएको अवस्थामा, सिगान ¥याल, बड्कौला, तथा दाना पानी दिन प्रयोग गरिने भाडाकुडाबाट सजिलै सर्न सक्छ । यसबाट बच्न तथा बचाउनको लागी सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्ने डा.सिलवालको भनाइ छ।
उहाँका अनुसार ३ महिनाभन्दा माथी उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिन्छ । तस्विर:रोशनी नेपाली





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |