फुकुओका। जापानको फुकुओका शहरमा बस दुर्घटना हुँदा १६ नेपालीसहित २० जना घाईते भएका छन् ।
१८ जना विदेशी नागरिक चढेको मिनीबस बिहीबार टेलिफोनको पोलमा ठोक्किएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन्।
घाईत हुनेहरुमा १६ जना नेपाली, दुई जना फिलिपिनो नागरिक र बस चालक र अर्का एक जापानी रहेका छन् ।
दुर्घटनापछि १३ महिला र ७ पुरुषलाई अस्पताल लगिएको थियो । घाइते मध्ये तीनजनाको हड्डी भाँचिएको बताइएको छ। यद्यपी ज्यान जोखिममा भने नरहेको बताइएको छ ।
फुकुओका विमानस्थलबाट करिब दुई किलोमिटर उत्तरपूर्व yoshizuka station बाट मुसासिनो(बेन्तो)खाना बनाउने कम्पनीमा जाँदै गरेको बस बीच बाटोमा दुर्घटना भएको हो ।
बसका चालकले आफु निदाएको र अर्को गाडीबाट बच्न अचानक बसलाई घुमाउँदा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बताएका छन् ।
घाईते अधिकाशं नेपाली विद्यार्थी र पारिवारिक भिषामा रहेको पाइएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |