

आज वैशाख १२ गते,२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको छ ।
२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा धेरै घाइते भएका थिए ।पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए।
दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो । भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो। भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो।
यो भूकम्पका करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको थियो।
यो महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ ।तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन सकेका छैनन्।
अघिल्लो पुस्ताले धेरै चर्चा गर्ने १९९० सालको भूकम्पसँगै तुलना गरिएको २०७२ सालको भूकम्पवाट लाखौँ मानिस घरवारबिहीन भएका थिए । धेरै सार्वजनिक भवन तथा सम्पदाहरुमा पनि क्षति पुग्यो ।
नौ वर्षअघि ठूलो भूकम्प जाँदा भूकम्पीय जोखिम र भूकम्पवाट हुने क्षति न्यूनिकरणका बारेमा धेरै बहस र चर्चा भए । संरचना निर्माणका लागि मापदण्डहरु बने र कतिपय लागू पनि भए । तर बिस्तारै भूकम्पको जोखिमलाई बिर्संदै गएको पाइन्छ ।
गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्प गयो । यो भूकम्पमा परी एक सय ५६ जनाले ज्यान गुमाए ।ती क्षेत्रमा अहिले पनि अस्थायी आवास निर्माणको काम पुरा भएको छैन ।
गोरखा भूकम्पको नवौँ स्मृति दिवसमा आज विविध कार्यक्रम गरी मनाईंदैछ । खानी तथा भूगर्भविभागले बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |