

एसईईको मौका परीक्षा साउन २३ गतेदेखि हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डले परीक्षा तालिका आज सार्वजनिक गर्ने जनाएको छ।
यसअघि बोर्डले दुई विषयमा नन ग्रेडेड (एनजी)आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो। तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेसँगै बोर्डले अर्को मिति तय गरेको हो।
गत बिहीबार एसईईको नतिजा सार्वजनिक हुँदा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |