

काठमाण्डौ । आज राति उल्का वर्षा हुने भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आज विज्ञप्ति निकालेर राति सन् २०२५ को पहिलो उल्का वर्षा हुने जानकारी गराएको हो ।बुटिज अर्थात भूतप नामको तारामण्डलबाट उल्का वर्षा हुने मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ ।
पुस १३ गतेदेखि सक्रिय रहेको भूतप उल्का वर्षा आउँदो २८ गतेसम्म रहने छ । तर आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको ठाउँबाट कुनै उपकरणको प्रयोगविनै सजिलै हेर्न सकिने नासोले जनाएको छ ।
प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म उल्का वर्षा हुने नासोको अनुमान छ ।
आज राति आकाशमा हेरेर मनोरञ्जन लिन सक्ने नासोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् ।
यसैलाई नै उल्का वर्षा एवम् चलनचल्तीको भाषानुसार तारा खसेको भन्ने गरिन्छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |