

वनमा लागेको डढेलोमा परी पाँचथरको कुम्मायक गाउँपालिका–३ ताम्राखुमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिनुभयो।अरु चार जना घाइते भएका छन् ।
घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।प्रतिमाको अस्पताल लैजाँदै गर्दा गएराति बाटोमै ज्यान गएको हो ।
घाँस काट्न जङ्गल गएका बेला आगो लागेपछि भाग्ने क्रममा उनीहरु डढेलोमा परेका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिनुभयो।
वनमा लागेको आगो अझैसम्म निभाउन नसकेको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिनुभयो । हावाहुरी चल्नासाथ डढेलो बस्तीमा पस्ने खतरा रहेको उहाँको भनाइ छ।
यस्तै फिदिम नगरपालिका–१३ जैवारीमा रहेको रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर ४७ वर्षीया उषा नेम्बाङ राई घाइते हुनुभएको छ ।
उहाँको पनि धरानमा उपचार भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |