

काठमाण्डौ । प्रि–मनसुनी प्रणाली फेरि सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले आज दिउँसोपछि मौसममा बदली हुने मौसमविद्ले बताएका छन्। यसको प्रभावले आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ।
आज दिउँसोपछि मधेश र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्न सक्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
कोशी र गण्डकीका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान छ ।
पानी पर्यो भने बढ्दो तापक्रमबाट केही राहत पुग्नेछ ।मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा उच्च गर्मीले जनजीवन प्रभावित हुँदै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |