

काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल आज भारतसँग खेल्दैछ ।खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे भारतको गोल्डेन जुब्ली रङ्गशालामा शुरू हुनेछ ।
समूह ‘बी’ बाट नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
आजको विजेता टोली समूह विजेता बन्नेछ ।अस्ति भएको खेलमा नेपालले श्रीलङ्कालाई ५–० गोलले हराएको थियो । त्यस्तै पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८ गोलले हराएको थियो ।
नेपाल र भारतसँग पराजित श्रीलङ्का बाहिरिएको छ ।च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक ६ देश सहभागी छन्। समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
प्रतियोगिता आउँदो जेठ ४ गतेसम्म चल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |