

पोखरा । पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभा २५ जनाको टोलीसहित आउनुहुने भएको छ ।
महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार युवा दार्शनिक चैतन्यकृष्ण महाराजको भोलि बिदाई गरिने छ ।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नुहुने छ भने जेठ १४ देखि २२ सम्म भागवत वाचिका राधिका दासीको पनि कथा हुने भएको छ ।
आयोजकका अनुसार यी दुई वाचिकाको आगमनले भक्तजनको सहभागिता अझ बढ्ने समेत जानकारी दिएका छन् ।
महायज्ञमा विभिन्न सामाजिक संस्थाहरू, टोल सुधार समितिहरू, आमा समूह र व्यक्तिहरूबाट लाखौं रुपैयाँ सहयोग प्राप्त भएको छ ।
कोटिहोमको रक्तदान कार्यक्रममा हालसम्म ६०० भन्दा बढी युनिट रक्तदान भएको छ। साथै राष्ट्रिय भजन प्रतियोगितामा २०० भन्दा बढी समूहले भाग लिइसकेका छन्।
कोटिहोममा आज फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, सामाजिक अभियन्ता र संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको छ भने भोलि बाँकीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता, सुप्रसिद्ध मोटिभेटर डा.तारा प्रसाद गिरीद्वारा प्रशिक्षण, र विभिन्न धार्मिक क्रियाकलापहरू सञ्चालन भइरहेका छन्।
दैनिक ४ सयभन्दा बढी ब्राह्मणद्वारा हवन सञ्चालन भइरहेकाले वातावरण शुद्ध र आध्यात्मिक ऊर्जा प्रदान हुनेछ ।
महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदानजस्ता विविध कर्मकाण्डहरूको पनि व्यवस्था छ।
यसै क्रममा दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिने भएको छ।मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा संचालित सामाजिक अभियानको सहयोगार्थ कोटिहोम आयोजना गरिएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |