

काठमाडौं । बागमती प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन् ।
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
नियुक्त भएका तिन मध्ये लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी तोकिन बाँकी छ ।
लम्साल धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा (क) मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुनुहुन्छ ।
बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए ।
लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएसँगै अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्व विहीन छन् ।
साउन ९ गते चार जना र साउन १३ गते १ जना मन्त्रीले राजीनामा दिएर मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
यता नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ ।
मुख्यमन्त्री लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएकी हो ।
लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत थियो ।
अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |