

काठमाण्डौ । टप इण्ड टी– २० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
अस्ट्रेलियामा अर्को हप्ता शुरू हुने सिरिजका लागि नेपाल क्रिकेट सङ्घ क्यानले सोमबार रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
स्कटल्यान्डमा भएको त्रिदेशीय टी २० आई सिरिजका टोलीमा रहेका किरण कुमार ठगुन्ना, बसिर अहमद र अनिल साह टोलीमा छैनन् ।
एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ ।
सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको सिकागो किङ्ग्सम्यान अन्तर्राष्ट्रिय टोलीका रुपमा रहेका छन् ।
नेपालले पहिलो खेल साउन ३० गते नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने छ ।
यस्तै नेपालले भदौ ३१ गते बङ्गलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेलवर्न स्टारको एकेडेमी टोलीसँग २ भदौ गते हुनेछ ।
चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग भदौ ३ गते खेल्नेछ ।
पाँचौं खेल भदौ ४ गते मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेल भदौ ६ गते पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूह चरणमा ६ वटा खेल खेल्नेछ ।
लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल भदौ ८ गते हुनेछन् । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |