

काठमाण्डौ । नेपाली युवालाई भारत लगी मृगौला निकालेर बिक्री गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटका समिर नेपाली, राकेश नेपाली र काभ्रेका राज कुमार परियार रहेको नेपाल प्रहरी मानव बेचबिखन विरुद्धको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
पक्राउ पर्ने तीनै जनाले भारतको नयाँ दिल्लीको चण्डिगढ र नोयडा लगायतका ठाउँमा लगेर मृगौला बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।
ब्यूरोका प्रवक्ता कुँवरका अनुसार गिरोहले हरेक व्यक्तिलाई पाँचदेखि सात लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्याउने गरेका थिए । गिरोहले आर्थिक अवस्था कमजोर भएका युवालाई लक्षित गरी धन्दा चलाएको पाइएको छ ।
जिल्ला अदालत काठमाण्डौबाट तीनैजनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले एक हप्ताको म्याद लिएको छ ।
मृगौला निकालिएका केही व्यक्ति प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले थप खोजी गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |