

काठमाण्डौ । पेट्रोलको मुल्य बढेको छ भने डिजेल र मट्टीतेलको मुल्य घटेको छ ।
नेपाल आयल निगमले गएरातीदेखी लागु हुने गरी पेट्रोलको लिटरमा दुई रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलको मुल्य एक रुपैयाँले घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको खरिद मूल्य अनुसार नयाँ मुल्य तोकिएको निगमले जनाएको छ ।
अब चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ लिटरमा १५८ रूपैयाँ ५० पैसा र डिजेल-मट्टीतेलको १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।
सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६० रूपैयाँ र डिजेल–मट्टीतेलको १४८ रूपैयाँ पर्नेछ ।
यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६१ रूपैयाँ र डिजेल–मट्टीतेलको १४९ रूपैयाँ पर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |