

काठमाण्डौ । डिजेल र मट्टीतेलको मुल्य घटेको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको प्रतिलिटर एक सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा डिजेल र मट्टीतेलको भाउ लिटरको एक ४५ रुपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा एक सय ४६ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ४२ अमेरिकी डलर बढाइएको छ ।
अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार १५ अमेरिकी डलर पुगेको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत भएको छैन ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |