

अण्डाको मूल्य बढेको छ । अण्डाको माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढेको छ।
नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४९५ पुगेको छ।
यसअघि प्रतिक्रेट ४६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० ले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ कायम गरिएको छ ।
यसअघि यो अण्डा ४४५ मा बिक्री हुँदै आएको थियो।गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो।
अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो।
अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |