

धादिङ- धादिङमा कबड्डी निर्णायक (रेफ्री) तालिम सञ्चालन हुने भएको छ ।
धादिङ जिल्ला कबड्डी संघले जिल्लामा कबड्डी खेलको विकास, विस्तार तथा गुणस्तरीय प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले यही बैशाख १८ गते देखी प्रारम्भिक निर्णायक रेफ्री तालिम सञ्चालन गर्न लागिएको कबड्डी संघका अध्यक्ष रत्नेश कुमार यादवले जानकारी दिनुभयो ।
तालिममा जिल्लाको १३ वटै पालिकाबाट प्रत्येक पालिकाका २/२ जना सहभागी छनोट गरिने संघले जनाएको छ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो पालिकाको सिफारिस सहित नाम दर्ता गर्नुपर्ने जनाएको छ । इच्छुक व्यक्तिहरूलाई सहभागिताका लागि आवेदन दिन संघले आग्रह गरेको छ।
तालिममा कबड्डी खेलका नियम, निर्णायकको भूमिका, व्यवहारिक अभ्यास तथा आवश्यक सैद्धान्तिक विषयहरू समावेश गरिने जनाइएको छ।
तालिम अवधिभर अनिवार्य रूपमा उपस्थित भई सक्रिय सहभागिता जनाउनुपर्नेछ भने सफलतापूर्वक तालिम पूरा गर्ने सहभागीलाई प्रारम्भिक निर्णायक प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।
तालिम शुल्क ८ हजार रुपैयाँ निर्धारण गरिएको र सहभागीका लागि खाना तथा बसोबासको व्यवस्था आयोजकले गर्ने भए पनि यातायात खर्च भने सहभागी स्वयंले व्यहोर्नुपर्ने संघका अध्यक्ष यादवले बताउनुभयो ।
नाम दर्ता धादिङ कबड्डी संघको कार्यालय वा सम्बन्धित पालिकामार्फत गर्न सकिनेछ। संघले तोकेको म्यादभित्र नाम दर्ता तथा शुल्क बुझाउन अनिवार्य गरिएको छ।
नाम दर्ताको अन्तिम मिति बैशाख १७ गते सम्म तोकिएको छ भने तालिम १८, १९ र २० गते सञ्चालन गरिने भएको छ। तालिम स्थल पछि जानकारी गराइने संघले जनाएको छ।
सम्पर्कका लागि
रत्नेश कुमार यादव- ९८१०२०६९६१
मनिष श्रेष्ठ- ९८६९२१३४६१





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |