












धादिङ । तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा धादिङको महिला भलिबल टिम प्रथम भएको छ।
शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै धादिङ प्रथम भएको हो।
प्रतियोगितामा धादिङले काभ्रे, ललितपुर, सिन्धुली र रामेछापलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
प्रथम हुन सफल धादिङ टिमकी रेबिका लामा तामाङ वेष्ट प्लेयर, वेष्ट स्पाईकर सलिना गुरुङ, वेष्ट सर्भर भावना तामाङ र वेष्ट लिब्रो जमुना गुरुङ घाेषित भए।
धादिङ टिममा खेलाडीहरु बाल्मिका आचार्य, रेबिका लामा तामाङ, भावना तामाङ, सलिना गुरुङ, प्रतिक्षा थापा मगर, जमुना गुरुङ, सरिना श्रेष्ठ, अमृता थापा मगर, यूना पाण्डे, बबिता तामाङ, अञ्जना गुरुङ र सुहाना थापा मगर रहनुभएको थियो भने कोच विरु लामा र व्यवस्थापक सिता श्रेष्ठ रहनुभएको थियो।
यस्तै यसै प्रतियोगितामा धादिङ पुरुष भलिबल टिम तेस्रो भएको छ। शनिबार तेस्रो स्थानको लागि भएको खेलमा धादिङले सिन्धुलीलाई पराजित गरेको हो।
धादिङका प्रदिप गोले वेष्ट ब्लकर घाेषित भए।
सेमिफाइनलमा चितवनसंग पराजित भएसंगै धादिङ फाइनल पुग्न असफल भएको थियो। त्यसअघि धादिङले भक्तपुर,नुवाकोट र सिन्धुपाल्चोकलाई पराजित गरेको थियो ।
पुरुष भलिबल टिममा खेलाडीहरु बिदुर इटनी, अमन आले, प्रदिप थापा मगर, योहन तामाङ,मिलन घले, अमित तामाङ, पवन तामाङ, प्रकाश लामा तामाङ, प्रदिप गोले, किरण गुरुङ, अमृत अधिकारी, राजिव घिमिरे रहेका थिए भने टिम कोचमा दिलिप थापा मगर र टिम मेनेजर महेन्द्र दङ्गाना रहनुभएको थियो।
बागमती प्रदेश खेलकुद विकास परिषदद्वारा आयोजित प्रतियोगितामा महिला/पुरुषको भलिबल, फुटबल, क्रिकेट, बक्सिङ,कराते, तेक्वान्दो, एथलेटिक्स, व्याडमिन्टन,पौडी, उसु, आई.टि.एफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराते, बुद्धिचाल, जुडो र टेबल टेनिस खेलहरु भएको थियो।
खेलहरु बागमति प्रदेशको बिभिन्न जिल्लामा संचालन गरिएको थियो।
जारी प्रतियोगितामा धादिङ जिल्लाले हालसम्म ९ स्वर्ण, ५ रजत र १४ कास्य गरी कुल २८ पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो।
भलिबलमा बिधागततर्फ उत्कृष्ट हुन सफल धादिङका खेलाडीहरु






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |