

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार नेदरल्यान्ड्समा दिउँसो पौने ३ बजे शुरु हुनेछ ।
यो त्रिदेशीय शृङ्खलामा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । नेपालले दोस्रो खेल पर्सि साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
अहिले लिग–२ को अङ्कतालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो, नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छन् । अङ्कतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका छन् ।
विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्त्वपूर्ण छन् ।
घरेलु मैदान कीर्तिपुरमा सम्पन्न पछिल्लो शृङ्खलामा नेपालले आठमध्ये ६ खेल जित्दै आफ्नो अवस्था बलियो बनाएको थियो । त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्यान्ड्स पुगेको छ । विश्वकप लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् ।
नेपालले अझै आठ खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम छ । यस्तै, एक दिवसीय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनु पर्छ । यो शृङ्खलाका लागि कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली नेदरल्यान्ड्स पुगेको हो । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |