

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका-६ साँधभन्ज्याङको मिलनटोलमा रोपाइँमा सहभागी १५ जना एक्कासि बिरामी परेका छन्।
स्थानीयका अनुसार साउन ७ गते मिरा रम्तेलको खेतमा रोपाइँका क्रममा सहभागीहरूले भात, कुखुराको मासु, तरकारी, अचार, चटनी खाएका र खेतमाथिको मुहानको पानी पिएका थिए।
त्यसपछि रातिदेखि सहभागीहरूमा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी, बान्ता, पखाला र ज्वरो आउने जस्ता समस्या देखिएको थियो। सुरुमा स्थानीय मेडिकलमा उपचार गरिए पनि अवस्था जटिल बनेपछि उनीहरूलाई धादिङ अस्पताल ल्याइएको हो।
बिरामीमध्ये एक बालक, ६ पुरुष र ८ महिला रहेका छन्। सबैको धादिङ अस्पतालमा निःशुल्क उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त निर्देशक डा. नवीन महासेठका अनुसार फुड पोइजन, विषादीयुक्त पानी वा अन्य कुनै कारणले समस्या भएको हो भन्ने विषय अनुसन्धानपछि मात्रै पुष्टि हुनेछ।
जनस्वास्थ्य कार्यालय धादिङ र ज्वालामुखी गाउँपालिकाले घटनाबारे संयुक्त अध्ययन सुरु गरेका छन्।
स्थानीयले भने मुहान नजिकै केही दिनअघि झार मार्ने विषादी प्रयोग गरिएको जानकारी दिएका छन्।
स्वास्थ्यकर्मीहरूले विषादी प्रयोग भएका क्षेत्रको पानी नपिउन, खानेपानी सुरक्षित बनाउन र यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |