

धादिङ । धादिङमा आर्थिक वर्ष २०८२/०८३ मा भएका सवारी दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् भने ५३९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर २१८ वटा सवारी दुर्घटना भएका छन्।
ती दुर्घटनामा ४४ जनाको मृत्यु, ५३९ जना घाइते भएका छन् भने ३० वटा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन्। दुर्घटना न्यूनीकरणका लागि प्रहरीले वर्षभर ८ हजार ४ वटा ट्राफिक कारबाही गरेको छ।
कारबाहीबाट ७२ लाख २९ हजार २ रुपैयाँ राजस्व संकलन भएको छ। साथै २ हजार ८२५ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी २ लाख ८० हजार १५० जनालाई प्रत्यक्ष रूपमा सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।
यस्तै, लागूऔषध सेवन गरेर सवारी चलाउने चालकमाथि विशेष निगरानी गर्दै ३१ जना चालकलाई कानुनी कारबाही गरिएको छ।
१४० जना चालकको स्वास्थ्य परीक्षण गरिएको तथा दुर्घटना न्यूनीकरणका लागि सवारीको प्राविधिक जाँच र जोखिमयुक्त सडक क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौंडास्थित पृथ्वी राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु र २५ जना घाइते भएको घटनालाई वर्षकै सबैभन्दा दुःखद सवारी दुर्घटनाका रूपमा उल्लेख गरिएको छ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना, नियमित ट्राफिक निगरानी, जोखिमयुक्त क्षेत्रमा चेकजाँच तथा राजमार्ग केन्द्रित सुरक्षा अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिने जनाएको छ। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |