

धादिङ । धादिङको गजुरी गाउँपालिका-५, बाङ्गेस्थित त्रिशूली नदीमा बगेका एक टिपर चालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार दिउँसो करिब २:१० बजे त्रिशूली नदीमा एक जना बगेको सूचना पछी इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलबाट करिब ५०० मिटर तल महादेव खोल्सी नजिक त्रिशूली नदीको किनारबाट ती युवकको सकुशल उद्धार गरेको हो। उद्धारपछि उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, गजुरी पठाइएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका व्यक्ति मकवानपुरको बकैया गाउँपालिका-१० स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१०, चापागाउँ बस्दै आएका २३ वर्षीय भिम वाइवा रहेको खुलेको छ।
आरजे सप्लायर्स, गोदावरीबाट बालुवा लिन आएका टिपर चालक हुन्।
प्रहरीका अनुसार वाइवाको स्वास्थ्य अवस्था मध्यम रहेको छ। उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेका छन् र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |