

धादिङ । रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी आउने गजुरी गाउँपालिका-२ र सिद्दलेक-६ जोड्ने फुर्केखोला पुल बगाएको छ।
गजुरी-५ र सिद्दलेक-७ घाटबेसीको पुल, गजुरी-६ र सिद्दलेक-७ जोड्ने जरेखेतको पुल बगाएको छ ।
त्रिशुली नदीको पानी महेश दोभानबाट फर्किएर गल्छी-६ बैरेनीबजार जलमग्न भएको छ ।
बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।
पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।
गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित छ। बाढीको क्षतिको विवरण आउन बाकी रहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |