

धादिङ। भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण अवरुद्ध बनेको देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग सूचारु भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डको विभिन्न ठाउँमा रहेको लेदो हटाएपछि चार दिन पछि एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
राजमार्ग सञ्चालन भएसँगै होल्ड भएका सवारी साधनहरुलाई पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहाले बताउनुभयो ।
धादिङको गजुरी गाउँपालिका-५ गलौदीमा आंशिक रुपमा लेदो पन्छाएर गजुरी आसपास रहेका सवारीहरुलाई गलौदी क्रस गरिएको छ भने बैरेनी महेश दोभान, बांगे, जरेखेत, गलौदी क्षेत्रमा टन्नै लेदो जमेको छ ।
हटाउने कार्य भइरहेको छ । पृथ्वी राजमार्ग पूर्ण रुपमा खुलेको छैन।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले पनि पृथ्वी राजमार्ग आंशिक रुपमाम मात्रै सञ्चालन भएको बताउनुभयो ।
अति आवश्यक काम बाहेक राजमार्गको यात्रा नगर्न र सूचना लिएर मात्रै यात्रा गर्न उहाँले आग्रह गर्नुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |