

धादिङ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त रूपमा ७० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेका छन्।
मंगलबार थाक्रे गाउँपालिका कार्यलयमा बसेको बैठकले भदौ १० गतेको बाढीबाट सबैभन्दा बढी प्रभावित गल्छी, गजुरी, सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिकाका विपद् व्यवस्थापन कोषमा आवश्यकता र प्राथमिकताका आधारमा यो रकम परिचालन गर्ने निर्णय गरेको छ।
बैठकले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने,सहयोग गर्नुअघि स्थानीय सरकारलाई जानकारी गराउने र वितरणपछि विवरणसहित प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गर्न पनि माग गरेको छ।
त्यस्तै, क्षति र आवश्यकताको मूल्याङ्कनमा स्थानीय तहको तथ्याङ्कलाई आधिकारिक मान्नुपर्ने तथा संघ र प्रदेशबाट प्राप्त राहत स्थानीय सरकारको मागअनुसार तत्काल परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।
बाढी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन पुल र सडक तत्काल पुनःनिर्माण तथा मर्मत गर्न संघ र प्रदेश सरकारसँग माग गरिएको छ भने धादिङबेसी जोड्ने वैकल्पिक सडकमार्ग तत्काल सञ्चालन योग्य बनाउन माग गरेका छन्।
यी निर्णय तत्काल कार्यान्वयनका लागि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेश सरकारसमक्ष पठाइने जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |