

धादिङको गल्छी गाउँपालिकास्थित महेशदोभानका बाढी प्रभावितहरू प्राकृतिक विपत्तिको पीडासँगै युट्युबर, भ्लगर र सामाजिक सञ्जाल प्रयोगकर्ताको गैरजिम्मेवार हर्कतबाट थप सास्ती भोग्न बाध्य भएका छन् ।
राहत र उद्धारमा सघाउनुको सट्टा पीडितको घाउमा नुन छर्कँदै फोटो-भिडियो खिचेर भ्युज कमाउने र आइडी भाइरल गराउने होडबाजीले विपद्ग्रस्त क्षेत्रका बासिन्दालाई थप आजित बनाएका छन् ।
महेशदोभानका बाढी प्रभावित नरेश खतिवडाले सामाजिक सञ्जालमा आफ्ना आक्रोश पोख्दै युट्युबरको संवेदनाहीन व्यवहारबारे खुलासा गर्नुभएको छ ।
उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ-`१० गते देखि आजसम्म ५० जना जति युटुवे लखेटें । हिजो त एउटाले हिलाम्मे हातको चट्कन पनि भेट्यो । कट्टु गन्जी लगाएर बाढीको लेदोपानीले पुरिएको आफ्नै घर पसल सफा गर्दै थिंए ” ल हेर्नुस् यो सेतै कपाल फुलेको बुढो मान्छेको हालत यस्तो छ, यस्लाई आर्थिक सहयो गर्न हामीलाई संपर्क राख्नुहोस्” भन्दै साइडबाट भिडियो खिच्दै रहेछ ।´
पत्रकारको आवरणमा मोबाइल वा क्यामेरा तेर्स्याएर मनलाग्दी बोल्ने, दृश्य खिच्ने र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट्याएर सामाजिक मर्यादा धज्जी उडाउने यस्ता गतिविधिप्रति चौतर्फी विरोध सुरु भएको छ ।
पीडितको आत्मसम्मानमा ठेस पुर्याएर भ्युज र डलरको खेती गर्ने यस्ता विकृतिविरुद्ध सर्वसाधारण आफैं सचेत भई प्रतिकारमा उत्रनुपर्ने आवश्यकता देखिएको छ ।
सकारात्मक सन्देश छर्दै हिड्ने भ्लगर र युट्युवहरुलाई लज्जित गराउने गरि सामाजिक संजाल प्रयोगकर्ता हरुले देखाउने हर्कत सरकारले रोक्नुपर्छ।
-समाचारमा प्रकाशित तस्बिर ai बाट निर्मित सांकेतिक तस्बिर हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |