

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शैक्षिक क्षतिको परिपूरणका लागि आइतबारदेखि शुक्रबारसम्म विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ।
गाउँ कार्यपालिकाको २०८३ भदौ १८ गते बसेको बैठकले गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबारदेखि शुक्रबारसम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
विभिन्न कारणले लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको कक्षा छोड्ने दर बढ्नुका साथै सिकाइ उपलब्धिसमेत कमजोर देखिएको कारण सार्वजनिक बिदा बाहेक विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई ‘अर्को सूचना नभएसम्म’ आइतबारदेखि शुक्रबारसम्म नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ।
यस निर्णयसँगै केन्द्र सरकारले तोकेको सातामा दुई दिन (शनिबार र आईतबार) सार्वजनिक बिदा दिने व्यवस्थाभन्दा फरक ढंगले स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालयमा आइतबारसमेत कक्षा सञ्चालन गर्ने तयारी गरेको हो।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) द्वारा जारी सूचनामा सार्वजनिक बिदाको दिनबाहेक आइतबारदेखि शुक्रबारसम्म कक्षा सञ्चालन गरी पठनपाठन गर्न-गराउन अनुरोध गरिएको छ।
गाउँपालिकाद्धारा जारी सूचना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |