

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारकोबीचमा पर्ने परेवाभिर सडक खण्डमा आज पनि मर्मत कार्य भैरहेको छ ।
मर्मतको काम भैरहेको हुँदा आज पनि यो खण्डमा बेलुका ६ बजेसम्म गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसअघि हिजो बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म एम्बुलेन्स र शववाहनबाहेक अरु सबै गाडी सञ्चालनमा रोक लगाएर मर्मतको काम गरिएको थियो । काम पूर्ण रुपमा नसकिएको हुँदा आज पनि भैरहेको हो ।
त्रिशूली नदीमा आएको बाढीका कारण गजुरी गाउँपालिका–२ परेवाभिरको सडकमा क्षति पुगेपछि यो सडकखण्डबाट एकतर्फी रूपमा गाडी चल्दै आएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |