

धादिङ । नेपाली सेनाले धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान गरेर सडक आयाेजनालाई हस्तान्तरण गरेकाे छ।
गएकाे असाेज २२ गते बूढीगण्डकी नदीमा बाढीले आरुघाटकाे मुख्य माेटरेबल पक्की पुल बगाएकाे थियाे।
बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि यस सडक खण्डमा गाडी आवागमन ठप्प भएको थियो।
सेनाले गएकाे शनिवार असाेज ३१ गतेदेखि बेलिब्रिज जडानकाे काम थालेकाे थियाे।
झन्डै २७.४३ मिटर लम्बाइ र ४.२ मिटर चौडाइको बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ।
बेलिब्रिजमा आजदेखि दुईपाङ्ग्रे गाडी चल्न थालेका र भोलिदेखि चारपाङ्ग्रे गाडी पनि सञ्चालन हुने भएकाे छ।
बेलिब्रिज सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |