विश्वविद्यालय स्थापनाको तयारी थालेको बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि एक साताभित्र स्थानको टुङ्गो लगाउने भएको छ। गत असोज ६ गते प्रदेश सरकारले विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने गरेको थियो। विश्वविद्यालयका लागि जग्गा खोजी र छनोट गर्न प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठनसमेत गरेको थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको सिफारिसमा विश्वविद्यालय स्थापनाका लागि जग्गा छनोट गरी टुङ्गो लगाउने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान र जग्गा छनोट गरी सिफारिस गर्न गठित कार्यदलको सिफारिसमा एक साताभित्र जग्गा छनोट गरिसक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो।
गत वर्ष चैत महिनामा बागमती प्रदेश सभाले बनाएको प्रदेश उच्च शिक्षा ऐन २०७८ मा प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापना गर्न सक्ने उल्लेख छ। ऐनमा प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्न सक्ने, (ख)मा प्रदेश सरकारको स्वीकृतिमा मुनाफा आर्जन नगर्ने सामुदायिक वा मानित विश्वविद्यालय स्थापना गर्न सक्ने र ऐनअन्तर्गत विधानमा व्यवस्था भएबमोजिम सञ्चालन भई शैक्षिक उपाधि प्रदान गर्ने शैक्षिक प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारले बागमती प्रदेशका सबै स्थानीय तहमा वडा समाजवादी कार्यक्रम लागू गर्ने यसअघिको निर्णयअनुसार कार्यक्रम कार्यान्वयन गर्ने वडा छनोट गर्ने निर्णय गरेको छ। गोरखापत्र दैनिक
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |