छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकलाई सर्तक हुन र कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ ।
बुस्टर डोज लिएकाहरू मात्र भाइरसबाट सुरक्षित रहन सक्ने भएकाले बाँकी सवैलाई छिटो खोप दिने तयारी भइरहेको मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारीले बताए । भारतमा संक्रमण फैलिएपछि नेपालमा छिटो संक्रमण फैलिन सक्ने भएकाले सबैले समयमै खोप लिएर सुरक्षित हुनुपर्ने अहिलेको उपाय भएको डा. अधिकारीले बताए ।
कोभिड १९ बिरुद्धको खोप एक व्यक्तिमा तीन मात्रा लिएपछि सुरक्षित रहन सकिने भए पनि कुनै खोप लिएको ६ महिनापछि खोपको एन्टिबडी घट्दै जाने भएकाले विज्ञहरूले थप अतिरिक्त मात्रा बुस्टर डोज दिनुपर्ने सुझाव दिएका छन् ।
केही महिनाअघि नेपाल सरकारले पनि आवश्यक जनसंख्यालाई चौथो डोजको खोप दिने निर्णय गरिसकेको थियो। पछिल्लो ६ महिनादेखि विश्वभरि कोभिड संक्रमण घट्दै गएपछि नेपालले खोप अभियान सुस्ताएको परिवार कल्याण महाशाखा खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए । ‘बीचमा खोप अभियान सुस्ताएकाले लक्षितको कम जनसंख्याले मात्र बुस्टर डोज खोप लिएको अवस्था छ,’ उनले भने ।-नागरिक दैनिक
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |