

यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ शवकाे पोखरामा पोस्टमार्टम हुने भएको छ ।
२४ जना शवको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयाे ।
सदाकत अलि मिया, त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धि पौडेल, जीवनकला गुरुङ, डा. गणेश थापा, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङकाे शवकाे पोखरामा पोस्टमार्टम हुने भएकाे छ ।
बाँकी ४६ जनाको शव आज बिहान काठमाण्डाै पठाउने तयारी छ। काठमाण्डाैमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ । अहिले बिहान हेलिक्टरमार्फत् शव काठमाण्डाै लगिने शाहीले बताउनु भयाे । पोखरामा रहेका शवहरु केहीको पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको उहाँले बताउनु भयाे । अहिले पनि पोस्टमार्टमको काम भइरहेकाे छ ।
बाँकी दुई जनाको शव ड्राेनको समेत प्रयोग गरेर आज बिहानदेखि नै खोजी भइरहेको उहाँले बताउनुभयाे। -ujyalo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |