Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल

  • Default Profile
  • बागमती कलम
  • ५८२ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ ८, आईतबार (३ साल अघि)
असामाजिक बन्दै गएका सामाजिक सञ्जाल

‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त तपाइँका बाबुआमा होलान्, दाजुभाइ होलान् आउनुस् न निकाल्न भनेँ । मेरो कुरा कसैले सुनेनन् । म एक्लैले सात जनालाई बाहिर निकालेँ । पछि उनीहरुलाई गण्डकी अस्पताल लगिएको सुनेँ, अहिले के भयो थाहा छैन ।’

जहाज खसेको दुःखद दुर्घटनाको पीडा त सबैमा छँदै नै थियो । त्यसमा पनि यी स्थानीयको बयानले धेरैको मन थप छियाछिया बनायो । यही माघ १ गते बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । त्यस दुःखद दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाए । बिहान विमान खसेपछि तत्कालै घटनास्थलमा पुगेका थिए स्थानीय । तीमध्येका एकको यस्तो बयान सुन्दा, पढ्दा मनै चसक्क बनायो । एकपछि अर्काेगरी अनलाइन समाचारमा जहाजमा रहेका यात्रुको शव भेटिँदै गएको खबरसँगै घटनास्थलबाट यी स्थानीयले प्रस्तुत गरेको यो दृश्यले धेरैलाई रुवायो।

सुन्दै अपत्यारिलो लाग्ने यो दृश्यको वास्तविकता कसरी सम्भव छ ? नेपाली मन यतिविधि निर्दयी हुन सक्छ ? नेपाली समाजको यो नियतिको पछाडि आखिर के छ ? नेपाली समाजको सामाजिक पक्षको विकास कसरी भइरहेको छ ? अकल्पनीय यस्ता दृश्यहरु नेपाली समाजमा वास्तविकता बनेर किन र कसरी देखिँदैछन् ? प्रश्न समाजशास्त्रीहरुलाई गए पनि सोच्नुपर्ने अवस्था सबैको छ । तर हिजोआज सतहमा देखिएको एउटा उत्तर भने सामाजिक सञ्जाल नै हो । जसले यी अकल्पनीय कल्पनाहरुलाई पनि वास्तविक बनाई दिँदैछन् । यो र यस्तै अरू पनि कतिपय घटना दुर्घटना सुन्ने गरेका छौँ जसको पछाडि सामाजिक सञ्जाल जोडिएर आउने गरेका छन् ।

हो, मानिसको हातमा मोबाइल नभइदिएको भए यो निर्दयता सम्भव थिएन होला । मोबाइलको भिडियो भाइरल बन्ने लत नबसकेको भए कसैले पनि यस्ता दृश्य खिचेर बस्न सक्दैनथ्यो । हुन त उनीहरुका सामु अरू बग्रेल्ती विषयहरु पनि होलान्, तर अबका दिनमा भने समाजशास्त्रीहरुले आफ्ना अनुसन्धानका समस्याका कथन (स्टेटमेन्ट अफ दी प्रब्लेम) सामाजिक सञ्जाल बनाउनुपर्ने देखिन्छ । सामाजिक सञ्जालमा चौबिसै घण्टा झुन्डिने लतले यो र यस्तै अरू के कति स्वरुप र मात्रामा नेपाली समाजलाई असामाजिक बनाउँदैछन् भनेर खोज्नुपर्ने दिन अब आएको छ । त्यसो भयो भने यस अनुसन्धानको निष्कर्षमा सामाजिक सञ्जालको सिर्जनात्मक र सही प्रयोग कसरी गर्ने भन्ने निस्कन सक्छ र त्यो सबैलाई काम लाग्न सक्छ । नेपाली समाजलाई पनि ‘भिडियो भाइरल’ को लतबाट बाहिर निकाली सिर्जनात्मकतातर्फ लैजान सक्छ । यसबाट सकारात्मक सोचमा र सत्य बक्ने बाटोतर्फ समाजलाई डो¥याउन सहज हुनेछ ।

अघिल्लो हप्ता राष्ट्रपति विद्या भण्डारी राष्ट्रपति निवास शीतल निवासबाट साझा यातायातको बिजुली बस चढेर ललितपुरका केही सम्पदाको भ्रमणमा जानुभयो । अघिपछि राज्यले दिएको सुविधाको लावालस्करमा यात्रा गर्ने राष्ट्रपति त्यस दिन सर्वसाधारणले चढ्ने बस चढ्नुभयो । के यो नराम्रो काम थियो ? एकातर्फ नागरिकले सधैँजसो चढ्ने साझा बस चढ्नुभयो जुन हिजोका दिनमा उहाँ पनि चढ्ने गर्नुहुन्थ्यो । अर्कातर्फ इन्धनमा शत्प्रतिशत विदेशमा निर्भर हुनु परिरहेको हाम्रो जस्तो देशमा राष्ट्रपतिले बिजुली बस चढ्नुभयो र जसका कारण बिजुलीबाट चल्ने सवारीहरुको प्रचार पनि भयो । यसरी सकारात्मक रुपमा लिएर प्रचार गर्न पनि त सकिन्थ्यो, जसले समाजमा सकारात्मक सन्देशको ऊर्जा पनि प्रदान गर्दथ्यो । तर सामाजिक सञ्जालमा त राष्ट्रपतिले साझा बस चढ्नुलाई ‘नाटक’ सम्मको अर्थ लगाइयो र किन यस्तो गरेको भनेर दुष्प्रचारसमेत गरियो ।

यतिमात्र नभएर राष्ट्रपति भण्डारीले बस चढ्दा र ओर्लंदा पिर्कामा टेक्नुभएको विषयको समेत जानाजानी गलत प्रचार गरियो । यसलाई पनि सामाजिक सञ्जालमा विभिन्न अर्थ लगाइयो । कतिले यसैलाई ‘राष्ट्रपतिले भुइँमा टेक्न नहुने हो र ?’ भनेर समेत अथ्र्याए । के सर्वसाधारणले साझा बसमा हिँड्दा यसरी नै पिर्कामा टेकेर उक्लिन्छन् त भनेर तुलना गरे । कतिपय सामाजिक सञ्जालको आशय यस्तो देखिन्थ्यो कि राष्ट्रपतिले पनि अरुले जे गरेका थिए त्यसै गर्नुपर्दथ्यो । यो कस्तो अमानवीय सोच हो ? कोही व्यक्ति बिरामी छ, उसको शरीरले हुँदैन र कुनै भौतिक वस्तुको सहारा लिनुपर्ने भएरै लिन्छ भने त्यसमाथि किन यसरी कठोर टिप्पणी गर्नु ? सामाजिक सञ्जालमा आउने यस्तै टीकाटिप्पणीहरु हेर्दा लाग्छ सामाजिक सञ्जाल नकारात्मक सन्देश प्रचार गर्न मात्र प्रयोग हुन्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी चढ्दा, ओर्लंदा या कुनै अग्लो स्थानमा उक्लनका लागि पिर्काजस्तो काठको वस्तु प्रयोग गर्नुहुन्छ । तर जबजब उहाँले पिर्काको प्रयोग गरेका तस्बिरहरु सार्वजनिक हुन्छन् त्यसपछि सामाजिक सञ्जालमा यस्ता टिप्पणी आउने गर्दछन् । राष्ट्रपति भण्डारीलाई करिब डेढ दशकअघि ब्लड क्यान्सर भएको थियो । भारतको एपोलो अस्पतालमा क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीको स्टेरोइड औषधिले उहाँको कम्मरको जोर्नीमा खराबी देखिएकाले प्रत्यारोपण गरिएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका विशेषज्ञ डा कैलाश भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार राष्ट्रपतिको हिपमा खराबी देखिएपछि मेटल ‘हिप रिप्लेस्मेन्ट’ गरिएको छ, यस्तो बिरामीले धेरै माथिसम्म खुट्टा उठाउनु हँुदैन, समस्या हुन्छ । त्यसैले उहाँ उक्लने र ओर्लने ठाउँ केही अग्लो या होचो छ भने त्यसका लागि ‘सपोर्ट’ राख्ने गरिएको हुनसक्छ । ‘हिप रिप्लेस्मेन्ट’ गर्ने मान्छेले माथिसम्म खुट्टा उठाउँदा प्रत्यारोपण गरिएको हिपले ठाउँ छोड्ने (डिस्लोकेट हुने) पनि हुनसक्छ । यसैकारण उहाँले गाडी चढ्ने र ओर्लने बेलामा पनि कुनै अग्लो वस्तुको सहायता आवश्यक पर्ने गर्दछ । कुनै पनि मानिसको शारीरिक अस्वस्थतामाथि निर्दयी भएर यसरी टिप्पणी गर्न मिल्छ ?

यस्तै नकारात्मक टिप्पणी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाप्रति पनि केही अघि गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आएका बेला उहाँ र प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध भगवान्प्रति बसेर स्तुति गर्नुभएको थियो भने डा आरजुले भने उठेरै गर्नुभएको थियो । उहाँको पनि स्वास्थ्यमा समस्या भएकाले बस्न नमिल्ने भएर उभिएरै प्रार्थना गर्नुभएको थियो । तर त्यो तस्बिर मिडियामा आएपछि सामाजिक सञ्जालमा उहाँको आलोचना नै भयो । कतिपयले प्रधानमन्त्रीहरु बसिरहेका बेला डा आरजु किन उठेको भनेर प्रश्न मात्र गरे । यहाँसम्म कि कसैकसैले त उहाँ उठेको विषयलाई अशिष्टतासम्म भन्न पनि भ्याए । वास्तविकता के थियो र उहाँ के कस्तो समस्याले उठ्नुपरेको थियो भन्ने विषयको तथ्यमा धेरै पुगेनन् तथ्यहीन टिप्पणी मात्र गरिरहे ।

भनिन्छ, संसार छ र त सञ्चार छ । पहिले त संसार हुनुपर्छ नत्र केको सञ्चार गर्नु ? आज विश्वका मिडियामा सबै नागरिकको पहुँच पुग्न नसकेकाले होला सामाजिक सञ्जालको जन्म भएको । यसैले त संसारका मानिसलाई सञ्चारको जालोमा ल्याएको छ । अनि यही सञ्जालले नै यसका प्रयोगकर्ता सबै मानिसलाई सञ्चारकर्मी बनाएको छ । अहिले सञ्चारकर्मी हुनलाई पत्रकार नै हुनु पर्दैन, सामाजिक सञ्जाल भए हुन्छ । किनभने हरेक व्यक्तिले यसैबाट सञ्चार गरिरहेको छ । अर्काे कुरा यो नागरिक पत्रकारिताको युग पनि हो । अहिले मानिसले सामाजिक सञ्जालबाट नै पत्रकारिता गर्न सक्ने भएको छ र कतिले गरेको पनि छ । त्यसो भए पत्रकारले यस्तो अमानवीय पत्रकारिता गर्न मिल्छ त ? के यसलाई नागरिक पत्रकारिता भन्न मिल्छ ? सामाजिक सञ्जाल भनेका व्यक्तिका पिर व्यथा र खुसी साट्ने तथा खानपिन र उठबसका तस्बिर राख्ने अनि बाँकी सबैजसो आलोचना नै गर्ने माध्यममात्र होइनन् भन्ने बहस हुनु जरुरी छ । जनताका चासोका सूचनाहरु आदानप्रदान गर्ने र बौद्धिक बहस गर्ने ‘प्लेटफर्म’ पनि हो यो ।

कतिपय देशमा सामाजिक सञ्जाललाई चुनावी अभियान चलाउने र राष्ट्रका लागि ‘एजेन्डा’ सेटिङ गर्ने सशक्त औजारका रुपमा प्रयोगमा नै ल्याइसकेका छन् । अघिल्लो दशक प्रजातन्त्रका लागि सुरु गरिएको क्रान्तिमा अरब वसन्त नाम दिनसक्ने हैसियत निर्माण गर्ने काम यिनै सामाजिक सञ्जालले नै गरेका थिए । किनभने मध्यपूर्वी देशहरुमा प्रजातन्त्रको बहार ल्याउन सामाजिक सञ्जालकै मुख्य भूमिका थियो । अहिले जनजीविकाका विषयदेखि सामुन्द्रिक तटमा बसेका मानिसहरुलाई सुनामी आउने सूचनाबाट बचाउने कामसम्मका लागि यिनै सामाजिक सञ्जालको सहायता लिने गरिएको छ । भारतमा त सूचनाको हकको प्रयोग गर्न सामाजिक सञ्जालबाट थालिएको अभियानले भ्रष्टाचार विरुद्धको अभियान नै सञ्चालन ग¥यो र यही अभियानको उपजका रुपमा अरबिन्द केजरीवाल जस्ता नेता जन्मिए । त्यसैले हामीले पनि सामाजिक सञ्जालको प्रयोग देश र जनताका लागि यस्तै सिर्जनात्मक रुपमा गरौँ । अहिले असामाजिक बन्दै गएका सामाजिक सञ्जाललाई यसैगरी छोड्यौँ भने यसले हामी र हाम्रो समाजलाई सकारात्मक हुन नै सिकाउँदैन । अनि यस्तै दुरुपयोगबाट नै सिर्जना, धैर्यता र सत्य हराउँदै जाने खतरा दिनप्रतिदिन बढ्दै जानेछ ।-(रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution