Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

  • Default Profile
  • बागमती कलम
  • ३७९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (३ साल अघि)
धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थिएनन् । “हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो, बाहिरका मानिसहरु के छ, कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहुँ आइरहन्छन्,” गौतम भन्नुहुन्छ, “तीन वर्षअघि सम्ँिझदा यो ठाउँ धान खेतीका लागि पनि त्यति उब्जाउ थिएन, अहिले ठूलो सहर बस्लाजस्तो भइसक्यो ।”

नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो । ३० महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए । कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि डेढ वर्ष धकेलिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

विसं २०८० असार मसान्तभित्र भ्यू टावरको निर्माण सम्पन्न भइसक्ने आयोजनाको चन्द्रगढी कार्यालयका इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार परियोजनाको ७५ प्रतिशत भौतिक प्रगति छ भने कूल लागतको ६८ प्रतिशत रकम खर्च भइसकेको छ । दमक भ्यू टावरको निर्माणले गाउँको नाम नै फेरिएको स्थानीय उमानाथ ढकाल बताउनुहुन्छ । राष्ट्रिय गौरवको दमक भ्यू टावरलाई समृद्धिको प्रतीकका रुपमा लिनुपर्ने उहाँको धारणा छ ।

डेढ अर्ब लगानी

भ्यू टावरको निर्माणमा रु एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक रु एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ खर्च हुने इन्जिनियर यादवले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजना भएकाले यसको सम्पूर्ण लागत नेपाल सरकारले व्यहोरेको छ ।

चालू आर्थिक वर्षमै निर्माण सकेर हस्तान्तरण गरिने लक्ष्यका साथ अन्तिम चरणको कार्य भइरहेको जनाउँदै उहाँले परियोजनामा रु ४५ करोड बजेट अपुग रहेको बताउनुभयो । “चालू आवमा सरकारले रु १० करोड मात्र बजेट भ्यू टावरका लागि विनियोजन गरेको छ, यसले पुग्दैन,” उहाँले भन्नुभयो ।

टावर निर्माणस्थल रहेको दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालले पनि सरकारले चालू आवमा बजेट कटौती गरिदिँदा निर्धारित अवधिमा निर्माण सम्पन्न गर्न कठिनाइ भएको बताउनुभयो । भ्यू टावरका लागि स्थानीयवासीले पाँच बिघा जग्गा दानमा दिएका थिए । तीन वर्षअघि कट्ठाको दुई लाखमा नबिक्ने यस ठाउँको रुखोपाखो जग्गा अहिले धुरको चार लाखमा नपाइने भइसकेको स्थानीयवासी बताउँछन् ।

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्साङ्कन गरेको दमक भ्यू टावरको अग्लाइअनुसार १८ तलाको भवन निर्माण भइसकेको छ । आयोजनाका इन्जिनियर यादवका अनुसार हालसम्म १८ तलाको क्रङ्क्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर निर्माण भइरहेको छ ।

भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो हुनेछ । यो काठमाडौँको पुनःनिर्माण भएको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो हो । हालसम्म १८ तलाको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोसेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण सम्पन्न भइसकेको छ । टावरको हरेक तला चार मिटर उचाइको छ ।

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको हुँदा यो भ्यू टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको छ । चट्याङ नलागोस् भनेर ‘लाइटिङ एरेस्टर’ उपकरण र आगलागी रोक्न स्वचालित ‘स्प्रिङ्कल सिस्टम’ समेत भवनमा जडान गरिएको छ । स्प्रिङ्कल सिस्टम भनेको आगलागी भएको आफैँ थाहा पाउने र आफैँ पानी हालेर निभाउने प्रविधि हो । भवनका सबै तलामा पिउने पानी पु¥याउने प्रशोधन प्लान्ट जडान गरिएको छ भने शौचालयमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैँचामा प्रयोग गर्न सकिन्छ ।

विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार निर्माणाधीन यस भ्यू टावरको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल रहनेछ । चारवटा तलामा व्यापारिक प्रयोजनका पसलहरु, पाँचौँ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौैँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेस्टुरेन्ट र लज बन्नेछन् भने सत्रौँ र अठारौँ तलामा दृश्यावलोकन उपकरणसहितको कक्ष रहनेछ ।

नजिकै बन्दैछ ‘स्मार्ट सिटी’

दमक भ्यू टावरसँगै पूर्वतर्फ टाँसिएको ५९ बिघा जग्गामा दमक नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत एकीकृत जग्गा व्यवस्थापन प्रक्रिया सुरु गरेको छ । ‘नयाँ दमक’ नामाकरण गरिएको सो योजना नयाँ र व्यवस्थित ‘स्मार्ट सिटी’ परियोजना हो । यसका लागि चालू आर्थिक वर्षमा दमक नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको वडाध्यक्ष बरालले जानकारी दिनुभयो ।

यस परियोजनामा नगरपालिका र स्थानीयवासीबीच साझेदारी हुनेछ । जग्गा स्थानीयवासीले उपलब्ध गराउने र त्यसमा नगरपालिकाले सडक, विद्युत्, खानेपानी, ढल, बगैँचा, विद्यालय, स्वास्थ्य चौकीलगायत संरचना व्यवस्थित ढङ्गले निर्माणमा सघाउने बरालले बताउनुभयो ।

परियोजना निर्माणका लागि स्थानीय जग्गादाताहरु मध्येबाट शान्तिराम गौतमको अध्यक्षतामा १५ सदस्यीय दमक भ्यू टावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समिति गठन भएको छ । परियोजनाका लागि स्थानीयवासीले १२ धुरदेखि तीन बिघासम्म जग्गा दिएको र सबै ५९ बिघा जग्गालाई एकीकरण गरी आधुनिक सहरी पूर्वाधार निर्माण गरिने अध्यक्ष गौतमले बताउनुभयो । नगरपालिकाका प्रमुखको संयोजकत्वमा मालपोत, इलाका प्रशासनलगायत कार्यालयका प्रमुखहरु रहने गरी छुट्टै अनुगमन समितिसमेत गठन भइसकेको छ ।-रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution