Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

  • Default Profile
  • बागमती कलम
  • ३५९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ १३, शुक्रबार (३ साल अघि)
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ । शरीरभित्रका रहेका खराब वस्तु (विकारण तत्व) फाल्न र कामबाट थकित भएका मानिसहरु एकछिन भए पनि शरीरलाई आनन्दका लागि स्पा, साउना, स्टिम र जाकुजीतर्फ आकर्षित हुन थालेका छन् ।

यसमा मानिसहरुलाई तातो पानी बस्ने, पानीको बाफ, सुक्खा तातो विधिबाट शरीरलाई आनन्दमय बनाउने गरिन्छ । आयुर्देव तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले मानिसलाई तनाव व्यवस्थापन गर्न र आनन्द बनाउन स्पा, साउना, स्टिम र जाकुजी जस्ता गर्ने गरेको बताउनुहुन्छ । “ती विधिबाट मानिसको उपचार नै हुन्छ भन्ने हुन्न,” उहाँले भन्नुहुन्छ, “तर मानिसलाई थकाइ तथा तनाव भएको बेला आनन्दको अनुभव हुन्छ ।”

चिकित्सकहरुले पनि मानिसलाई तनावबाट टाढा रहनका लागि स्पा, साउना, स्टिम र जाकुजी गर्नका लागि सिफारिस गर्ने गरेको पाइन्छ । यस्ता सेवा दिने अधिकांश संस्थाहरु दर्ता बिना नै सञ्चालनमा रहेकाले तिनलाई दर्ता गराउने तयारीमा रहेको महानिर्देशक डा उपाध्यायले बताउनुभयो । छाती रोग विशेषज्ञ डा प्रकाश पौडेलले स्पा, साउना, स्टिम, जाकुजीले मानसिक तथा शारीरिक रुपमा आनन्द बनाउने बताउनुहुन्छ । उहाँका अनुसार केही निश्चित समयमा स्पा, साउना, स्टिम, जाकुजीमा बस्ने हो भने आनन्दका साथै शरीरलाई पनि फाइदा गर्दछ । उहाँले हप्तामा एक वा दुई पटक साउना, जाकुजी, स्टीम र स्पा गएमा शरीरलाई आनन्द बनाउन सकिने धारणा राख्नुहुन्छ ।

नेपाल वेलनेस एन्ड स्पा एसोसिएसनका अध्यक्ष तथा ट्र्याङक्युलिटी स्पाका कार्यकारी निर्देशन सुरेश पुरी चिकित्सकले सिफारिस गरेका मान्छेहरु पनि स्पा, साउना र जाकुजी लिन आउने गरेको बताउनुहुन्छ । उहाँले दिनभरिको थकान तथा मानसिक थकान मेटाउन मानिसहरु ‘रिल्याक्स’ हुन बढी आउने गरेको बताउनुहुन्छ । “टेबुलमा एकोहोरो काममा लाग्ने मानिसहरु बढिजसो थकानबाट मुक्त गर्नका लागि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “स्वास्थ्यलाई ख्याल गरेर कुनै रोग लाग्न दिनुभन्दा रोकथाम गर्ने उद्देश्यले मानिसहरु बढी आउने गरेका छन् ।”

साउना, स्टिम र जाकुजी गर्न छाला, हाड जोर्नीसम्बन्धी बढी समस्या भएका मानिसहरु आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार देशभरिमा ६ सय ५० स्पा सेन्टर रहेका छन् । तीमध्ये आधाभन्दा बढी काठमाडौँमा नै रहेका छन् । अधिकांश तारे होटेलहरुमा यो सेवा रहेको छ ।

जोर्नी दुखेको र छालासम्बन्धी रोग भएका बिरामी स्टिम र साउनाले फाइदा गर्ने उहाँले बताउनुभयो । बाथ रोग, दुखाइ, सुन्निनेलाई पनि फाइदा गर्दछ । हप्तामा एक–दुई पटक साउना, स्टिम र जाकुजीले मानिसलाई आनन्द बनाउनुको साथै शरीरमा रहेका विकारणलाई फाल्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार साउना, स्टिम र जाकुजीमध्ये एक विधि गर्नका लागि एक हजारदेखि एक हजार पाँचसय रुपैयाँसम्म पर्ने गर्दछ।

ट्र्याङक्युलिटी स्पामा दैनिक २०–२५ जना मानिस शरीरलाई आनन्द बनाउनका लागि आउने गरेको उहाँ बताउनुहुन्छ । स्पा एसोसिएसनका अध्यक्ष पुरीले नेपालमा बेलनेसको गन्तव्य स्थल बनाउने सके धेरै पर्यटन नेपाल आउने बताउनुहुन्छ । सरकारी कलेजमा अध्ययनरत विद्यार्थीलाई तीन महिनाको तालिम दिएर रोजगारी पनि दिने गरेको उहाँले जानकारी दिनुभयो ।

पानीबाट गरिने उपचार पद्धतिलाई ‘स्पा’ पनि भनिन्छ । स्पा उपचार पद्धति नौलो लागे पनि यो परापूर्वकालदेखि नै चल्दै आएको विधि हो । कुनै बेला युरोपेली मुलुकहरुले जमेको पानी अथवा झरनामार्फत उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो । स्पाले मानिसलाई स्वस्थ्य बनाउनाका साथै रक्तसञ्चार बढाउने, रोगसँग लड्न सक्ने क्षमता बढाउने, थकान कम गराउने, खानामा रुचि जगाउने र निन्द्रा लगाउन मद्दत गर्ने यसका प्रयोगकर्ताहरु बताउँछन् ।

सामान्यतः स्पा तीन घण्टाको हुन्छ । स्पाले स्नायु प्रणालीलाई पुनर्ताजगीसमेत काम गर्ने अध्यक्ष पुरीको भनाइ छ । उहाँका अनुसार स्पाले शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गर्न मद्दत गर्छ । स्पाले शरीरका विषाक्त पदार्थहरु निकालेर प्रतिरोध क्षमता बढाउँछ र रक्तसञ्चारलाई ताजा राख्छ ।

‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ भनेको सुक्खा तातो बाफ हो । यी दुवै विधिअन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।

स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । यसलाई हप्तामा एक–दुई पटक प्रयोग ग¥यो भने उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन मद्दत मिल्छ ।

स्टिम र साउनामा १५–१५ मिनेट बसेपछि आनन्द महसुस हुन्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर फुर्तिलो बनाउँछ । शरीरमा टाँसिएको धुलोधुवाँका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ ।
जाकुजी तातो पानीमा १० देखि १५ मिनेट बस्ने विधि हो । यसमा तातोपानीको फोहराले शरीर रक्तसञ्चार गराउनाका साथै आनन्द बनाउँछ । शरीरमा भएका विकारलाई हटाउन, तनावबाट मुक्ति दिलाउँछ, छालामा जमेको फोहोर निकालेर सफा बनाउन स्टिम र साउनाले मद्दत गर्दछ।

स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ, स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ, शरीरले आनन्द महसुस गराउने गर्दछ । जोर्नीहरु कडा भएर हिँड्डुल गर्न गाह्रो हुनेलाई स्टिम र साउनाले जोर्नीहरु खुकुलो बनाउने गर्दछ । नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना राम्रो विकल्प हो ।

गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ । गर्मी महिनामा भने स्टिम र साउनाले शरीरबाट पसिना निकाली स्वस्थ बनाउने गर्दछन् ।

स्पा एसोसिएसनका अध्यक्ष पुरीले गर्मीभन्दा पनि जाडो याममा स्पा, स्टिम, साउना र जाकुजीले शरीरलाई फाइदा गर्ने बताउनुहुन्छ । “जाडोयाममा मानिसहरुको हिँड्डुल पनि कम हुने र शरीर पनि त्यति चलायमान हुँदैन”, उहाँले भन्नुभयो, “जसले गर्दा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँदैन । स्पा, स्टिम, साउना र जाकुजीले शरीरको रक्तसञ्चार गराउन मद्दत पु¥याउँछ ।”-(रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution