

नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले पटक(पटक प्रयास भइरहेको बताए। ‘विदेशी ह्याकरहरूले पटक(पटक अट्याक गरिरहेका छन्। जसका कारण केन्द्रीय सर्भर डाउन भइरहेको छ। हाम्रा प्राविधिक साथीहरूले सर्भर सुरक्षाका लागि निरन्तर खटिरहनुभएको छ,’ उनले भने।
ह्याकरले पहिलोपटक शनिबार १२ बजेतिर अट्याक गरेको राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीले बताए। झन्डै पाँच घन्टापछि रिकभर भएको सर्भर फेरि साढे ७ बजे ह्याकरको अट्याककै कारण बन्द भएको ती अधिकारीको भनाइ छ। ‘ुसुरुमा हेर्दा सामान्य प्राविधिक समस्या होला भन्न ठानेका थियौं। तर पटक(पटक सर्भरमाथि अट्याक प्रयास भइरहेको छ। डेटा सुरक्षाका लागि भए पनि साथीहरू खटिरहुनभएको छ,’ ती अधिकारीले भने।
सरकारको केन्द्रीय सर्भर डाउन हुँदा अति संवेदनशील क्षेत्रहरूको काम प्रभावित बनेको छ। अध्यागम विभागको सफ्टवेयर नचल्दा विदेशबाट आवत जावत गर्नेहरूको विवरण संकलनमा समेत समस्या आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयका प्रमुख बासु घिमिरेले सर्भर डाउन हुँदा म्यानुअलीरूपमा विवरण संकलन गर्नुपरेको बताए। सर्भरमै समस्या हुँदा उडानसमेत प्रभावित बनेको थियो।-अन्नपूर्ण पोस्ट दैनिक





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |