

स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन् ।
सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्ने भएका छन् । पृथ्वीनारायण क्याम्पसपछि दोस्रोमा वीरगञ्जस्थिति ठाकुरराम क्याम्पसमा १० हजार २ सय ६२ ले मतदान गर्नेछन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले दिएको तथ्याङ्कअनुसार उपत्यकाका २२ वटा क्याम्पसका करिब ७५ हजार विद्यार्थीले मतदान गर्ने भएका छन् । तथ्याङ्कअनुसार धेरै विद्यार्थी भएका क्याम्पसको सूचीको तेस्रोमा शंकरदेव क्याम्पस रहेको छ । सो क्याम्पसका ८ हजार ४ सय ९० जना विद्यार्थीले मतदान गर्दैछन् ।
नेपाल कमर्स क्याम्पसमा ८ हजार ८८, पाटन संयुक्त क्याम्पसमा ७ हजार ६ सय ९, बुटवल बहुमुखीमा ७ हजार १ सय ९, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ५ हजार ७ सय ४८, महेन्द्र बहुमुखी क्याम्पस इलाममा ५ हजार ५ सय ९१, पद्मकन्या क्याम्पसमा ५ हजार ५ सय ९२ विद्यार्थीले मतदान गर्ने भएका छन् ।
यसैबीच भर्नाको विषयमा विवाद उत्पन्न भएको कारण त्रिचन्द्र क्याम्पसमा मतदाता सूची प्रकाशन गर्न कठिन भएको छ । सो क्याम्पसमा करिब ८ हजार विद्यार्थीले मतदान गर्ने आंकलन गरिएको छ ।-नेपाल समाचारपत्र दैनिक





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |