

पश्चिम तराईका १५ जिल्ला सिकलसेल एनिमिया रोगबाट प्रभावित रहेका देखिएको छ । आदिवासी जनजाति समुदायका मानिसमा धेरै देखिने सिकलसेल एनिमिया रोगबाट कपिलवस्तु, कैलाली, बर्दिया कञ्चनपुरलगायतका जिल्ला प्रभावित भएका छन् ।
फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) ले धनगढीमा गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।
संस्थाका पाठ्यक्रम निर्देशक प्रा.डा शुभेषराज कायस्थले केही वर्षअघि गरिएको एउटा सर्वेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायतका रोगबाट पीडित देखिएको जानकारी दिनुभयो ।
डाक्टरका अनुसार सिकलसेल बहुअङ्गमा समस्या गर्ने रोग हो । पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ । रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अङ्ग जस्तै आमाशय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर पुर्याउँछ ।
विश्वका अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको डा. कायस्थले बताउनुभयो । नेपालमा पहिलोपटक २०७१ सालमा सरकारले रोगीको उपचार व्यवस्थापनमा एक लाख रुपैयाँ बराबरको निःशुल्क सेवा दिने निर्णय गरेको थियो ।
समयमै रोगीको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने डाक्टरको भनाइ छ ।-रासस





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |