

एक चिनियाँ महिलाले हालै आफ्नो १० वर्षको श्रीमानलाई माछा मार्ने लतको कारणले सम्बन्ध विच्छेद गरेकी छिन् । सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्धविच्छेदको मुद्दाका अनुसार झाङ उपनाम भएकी महिलाले आफ्नो पतिको माछा मार्ने लत धेरै भएको दाबी गरिन् ।
उनले घरको सबै काम र उनीहरूका दुई बच्चाहरूको हेरचाह गर्ने तर श्रीमान सधै सोफामा बसेर आफ्नो स्मार्टफोन हेर्ने र हरेक साँझ खानापछि आफ्ना साथीहरूसँग माछा मार्न जाने गरेको दाबी गरिन् ।
‘म हरेक बिहान ६ बजेअघि नै उठेर नास्ता तयार गर्छु। म काममा जानु अघि दुई बच्चाहरूलाई स्कूल पठाउँछु । हरेक दिन भाँडा धुन्छु, घर सफा गर्छु, बालबालिकालाई विद्यालयबाट लैजान्छु र उनीहरुको गृहकार्यमा सघाउँछु म थाकेको छु,’ झाङले आफ्नो अदालतमा बुझाएकी थिइन् ।
बारम्बार माछा मार्ने साथीहरूसँग भन्दा आफू र बच्चाहरूसँग धेरै समय बिताउन आग्रह गर्दा पनि नमानेपछि झाङले सम्बन्धविच्छेद नै एक मात्र विकल्प हो भनेर निर्णय गरिन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |