

स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो ।
लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर (९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् । खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन् । बस चालकको रक्सी र लागुऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरुले बताएका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |