

भारतको राजधानी दिल्लीमा कोभिड १९ संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिएको चिकित्सकको भनाइ छ । पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् ।
दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमण दर ०.४४ प्रतिशत भएपनि संक्रमण बढ्दैगएकाले सावधान हुनुपर्ने बताएको छ ।
विदेशबाट दिल्ली आएका कुल १ हजार ७८० जनाको चेकजाँच जर्दा ३९ जना पोजेटिभ भेटिएको दिल्ली सरकारले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ । दिल्ली एयरपोर्टमा गरिएको चेकजाँचमा म्यानमारबाट आएका ४ जनामा कोभिड संक्रमण भेटिएको सञ्चार माध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोभिडबाट सतर्क रहन देशबासीमा आग्रह गरेका छन् । भारत सरकार त्यसविरुद्ध लड्न आफ्नो तयारी गरेको उनले बताएका छन् ।
दिल्लीमा पछिल्लो संक्रमित संख्यासहित अहिलेसम्म २० लाख ७ हजार १७५ संक्रमित संख्या पुगिसकेको छ । त्यहाँ अहिलेसम्म २६ हजार ५२१ जनाले ज्यान गुमाइसकेका छन् । कोभिडको नयाँ भेरियन्ट बीएफ ७ संक्रामक भाइरस भएकाले छिटो एकबाट अर्कोमा सर्ने चिकित्सकहरुको भनाइ छ । भारत सरकारले सबै नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न भनेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |