विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ ।
उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग मानिएको थियो ।
डब्ल्यूएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेको यो औषधि गुणस्तरहीन भएको र कम्पनीले स्वास्थ्य सुरक्षा र गुणस्तर सुनिश्चित गर्न असफल भएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । अघिल्लो महिना ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको ज्यान गएको उज्वेकिस्तानका अधिकारीहरूले बताएपछि अनुसन्धान थालिएको थियो ।
भारतको स्वास्थ्य मन्त्रालयले यो कम्पनीको उत्पादन रोकेको थियो भने उज्वेकिस्तानले पनि आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । औषधिमा प्रयोग भएको ‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छ । विशेष गरी बालबालिकामा यसको प्रयोगले गम्भीर क्षति गर्ने डब्ल्यूएचओले विज्ञप्तिमा जनाएको छ ।
मेरियन बायोटेक कम्पनीका जिम्मेवार व्यक्तिसँग प्रतिक्रियाका लागि प्रयास गरेको तर सम्पर्क हुन नसकेको पनि एएफपीले जनाएको छ ।-एजेन्सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |