

टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तिमा १५ जनालाई हिरासतमा लिईसकेको छ ।
भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निर्माण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निमार्ण ठेकेदारहरु यति तिब्र गतिमा पक्राउ परिरहेका छन, मानौं टर्की सरकारले भुकम्पपीडितको उद्धार र राहातमा भन्दा पक्राउमा बढी ध्यान दिइरहेका छन् ।
गत सोमवार गएको ७.८ रेक्टरको भुकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २५ हजार भन्दा माथी पुगिसकेको छ, त्यसमाथी हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ ।
यस अघि सरकारले भुकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनिहरुले भुकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टचार गरेका कारण बिशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् । ठेकदारले भुकम्म प्रतिराेधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरुले निष्कर्ष निकाले पछि निमार्ण कम्पनि र त्यसका ठेकेदारहरुलाई तिब्र गतिमा पक्राउ गर्न थालिएको हो ।
भूकम्पका क्रममा टर्कीका हजारौं बिशाल भवनहरू भत्किन पुगेका छन ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |