

मङ्गोलियामा यो वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार पशुको मृत्यु भएको छ । मृतक जनावरको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढेको पाइएको छ । मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको तथ्याङ्क निकायले जनाएको छ ।
यहाँको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको छ । चारैतिर अत्यन्त चीसो अनुभव गरिएको मौसम विज्ञान तथा वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ ।
पूर्वका खेन्टी र सुखबाटार, मध्यपश्चिममा अर्खाङगाई र पश्चिमका खोभड र युभ्समा सबैभन्दा बढी जनावरको मृत्यु भएको छ । एनएसओका अनुसार मङ्गोलियामा सन् २०२२ को अन्त्यमा ७१.१ मिलियन पशुहरू रहेको थियो। भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।-एजेन्सी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |