

आजदेखी ट्विटर भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाएको छ ।ट्विटरले बिहिबार मध्यरातिदेखि लागु हुने गरी टविटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको हो ।
कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार टविटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहिवार मध्यरातीवाट हटेकाे छ । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि टविटर एकाउन्टवाट ब्लु टिक हटेको छ ।
मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए, उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।
ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।
नेपालमा पनि निःशुल्क रुपमा ब्लु टिक पाउने हजारौं थिए, तर बिहिबार रातीवाट पनि सबैजसोको हटेको छ ।
नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर (करिब ११ हजार रुपैयाँ) तिर्नु पर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |