धादिङ,२५ असोज।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्रपाको रहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता थियो ।
जसअन्तर्गत राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभा गरेर देशभर उम्मेदवार उठाएको उनले बताए । जसमा धादिङको प्रतिनिधिसभा १ मा अजय रिमाल, प्रदेशसभा क माबासु आचार्य, प्रदेशसभा ख मा जीत बहादुर भण्डारी रहेका छन् । त्यसैगरी प्रतिनिधिसभा २ मा परशुराम तामाङ,प्रदेशसभा क मा नारायण पोखरेल र प्रदेशसभा ख मा डम्बर तामाङ रहेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |