धादिङ,२६ असोज ।
संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् ।
धादिङ जिल्लामा प्रतिनीधि र प्रदेश सभा क्षेत्रमा राजनितिक दल र स्वतन्त्र गरि प्रत्यक्ष तर्फ ७४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारमध्ये ५ जना महिला छन् । धादिङमा प्रमुख राजनीतिक दलहरूले नै महिलाको प्रतिनिधित्व गराउन सकेनन् ।
धादिङमा प्रतिनीधिसभा क्षेत्र नं. १ मा १५ जनाको उम्मेदवारी दर्ता हुँदा १ जना पनि महिला परेनन् भने प्रतिनीधि सभा क्षेत्र नं. २ मा १७ जनाको उम्मेदवारी दर्ता हुँदा २ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ र मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट धनमाया तामाङको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै प्रदेश तर्फ प्रतिनीधिसभा क्षेत्र नं. १ (क) मा १४ जनाको उम्मेदवारी दर्ता हुँदा १ जना स्वतन्त्रबाट रविना पौडेलको उम्मेदवारी दर्ता भएको छ भने १ को (ख) मा १० जनाको उम्मेदवारी दर्ता हुँदा महिला शुन्य छ ।
त्यसैगरी प्रतिनीधिसभा क्षेत्र नं. २ (क) मा ६ जनाको उम्मेदवारी दर्ता मध्य १ जना स्वतन्त्रबाट खड्गकुमारी सापकोटाको उम्मेदवारी दर्ता भएको छ । २ को (ख) प्रदेशमा ११ जनाको उम्मेदवारी दर्ता भएकोमा स्वतन्त्रबाट देवीकुमारी बुर्लाकोटीको मात्रै उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ४ सय ५२ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै छ ।
प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा तीन हजार ३ सय २६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ८६ जना मात्रै छन् । कुल उम्मेदवारमध्ये महिलाको संख्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९.३३ प्रतिशत र प्रदेशसभामा ८.५९ प्रतिशत मात्रै छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |