धादिङ,२६ असोज ।
धादिङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बिच तालमेल हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनीधि र प्रदेश सभा निर्वाचनका लागि एमाले र राप्रपाबिच चुनावी तालमेल हुने भएको हो ।
तालमेलको लागि धादिङबेसीस्थित निर्वाचन अधिकृतको कार्यालयमामा राप्रपाका प्रतिनिधिसभा उम्मेदवार परशुराम तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ भने धादिङ २ (क) का नारायणप्रसाद पोखरेलले प्रदेशसभा उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिनुभएको छ ।
एमालेका धादिङ २ (ख) का उम्मेदवार धनबहादुर घलेको उम्मेदवारी एमाले केन्द्रीय कार्यालयबाट फिर्ता लिएपछि तालमेल सम्भव भएको एमाले धादिङले जनाएको छ ।अब प्रतिनिधिसभाका लागि धादिङ क्षेत्र नम्बर २ मा खेम लोहनी, धादिङ २ (क) मा डा रामकुमार अधिकारीलाई राप्रपाले सहयोग गर्ने छ भने धादिङ २ ख मा राप्रपाका डम्बर बहादुर तामाङलाई एमालेले सहयोग गर्ने एमाले धादिङका उपसचिव राधिका सापकोटाले बताउनुभयो ।
यसैगरि राप्रपपाले धादिङ क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार अजय रिमालको उम्मेदवारी राप्रपा केन्द्रीय कार्यालयको पत्रले फिर्ता भएपछि राप्रपाले एमाले उम्मेदवार भूमि त्रिपाठीलाई सहयोग गर्ने भएको छ । धादिङ क्षेत्र नम्बर १ को (क) र (ख) प्रदेशमा समेत राप्रपाले एमाले उम्मेदवारलाई सहयोग गर्ने छ ।
यसैगरि बुधबार निर्वाचन अधिकृतको कार्यालयमा धादिङ क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमलाले उम्मेदवारी फिर्ता गर्नुभएको छ । गठबन्धनको उम्मेदवार विरुद्ध उम्मेदवारी दर्ता गराउनुभएका धादिङ २ (ख) का देवी बुर्लाकोटीले भने उम्मेदवारी फिर्ता गर्नु भएको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |